 
	    म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने भएका कारण यात्रु तथा सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो साेही सडकखण्डमा सामान्य वर्षा हुना साथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलाम्य हुने समस्या रहेकाे छ ।
जसका कारण कति बेला दुर्घटना हुने हो भन्ने त्रास भइरहने बेनीबाट खाद्यान्नका सामानहरु मुस्ताङ लैजाने तथा नियमित जसो याे सडकमा आवतजावत गरिरहने चालक श्याम रानाले बताउनुभयो । साेही सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुंगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डर लाग्दो रहेकाे अन्नपूर्ण गाउँपालिका-६ का कृष्ण बरुवालले बताउनुभयो ।
वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ-ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई समेत आवश्यक सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्