नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्युु भएको छ ।
गाउँंपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
गाउँपालिकाको गाडी उनी आफैले चलाएका थिए । अगाडीबाट साईकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोक्किएर उनी च्याप्पिएका थिए ।
उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षिया शर्मा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।








प्रतिक्रिया दिनुहोस्