
काठमाडौं । जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल प्रतियोगिता बुन्डेस लिगामा आर.बी लेप्जीग दोस्रो स्थान नजिक पुगेको छ ।
लेप्जीगले गएराति भएको खेलमा होफनहाईमलाई २–० ले पराजित गर्दै दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई चुनौती दिएको हो ।
्खेलमा लेप्जीगलाई विजयी गराउन डानी अल्मोले दुई गोल गरे ।
जितपछि तालिकाको तेस्रो स्थानमा रहेको आर.बी. लेप्जीगले ३१ खेलबाट ६२ अंक जोडेको छ ।
एक खेल कम खेलेको बोरुसिया डर्टमण्ड ६३ अंकसहित दोस्रो स्थानमा छ भने शिर्ष स्थानको बायर्न म्युनिखको ७० अंक छ ।
उता स्पेनीस ला लिगामा ग्रानाडाले गेटाफेलाई २–० ले हराउँदा भ्यालेन्सीया र लेभान्तेले एक एक गोलको बराबरी खेलेका छन् ।
ला लिगामा आज राति शिर्ष स्थानको बार्सिलोनाले रियाल मयोर्काको सामना गर्नेछ ।
ला लिगामा २७ खेलबाट ५८ अंक जोडेको बार्सीलोना शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको रियाल मड्रिडको ५६ अंक छ ।
प्रतिक्रिया दिनुहोस्