
काठमाडौं, जेठ ३० । विदेशबाट नेपाल ल्याउन उडान भाडा चर्को असुल गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।
विद्यार्थीहरुले शुक्रबार नेपाल वायुसेवा निगमको कार्यालय पुगी सामान्य अवस्थाभन्दा पनि धेरै गुणा बढी टिकट मूल्य तोकिएको भन्दै नाराबाजीसहित ज्ञापनपत्र बुझाएका हुन् ।
विषम परिस्थितिमा उद्धार गरेर ल्याउनुपर्ने नेपालीका लागि चर्को मूल्य लिइएको भन्दै उनीहरुले तत्काल घटाउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्