भैरहवा, जेठ ३० । कोरोना परिक्षणमा पीसीआर परीक्षणको दायरा बढाउन भैरहवाका युवाहरुले माग गरेका छन् ।
उनीहरुले आरडिटी परीक्षणको नतिजा विश्वनीय नभएकाले पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने भन्दै भैरहवाको बुद्धचोकबाट मौन जुलुस निकालेका छन् ।
युवाहरुले लकडाउनको समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका नेपालीहरुको व्यवस्थापन हुन नसकेको र क्वरेन्टिनमा नै मृत्यु हुने गरेको भन्दै उनीहरुले सरकारको बिरोध गरेका हुन् ।
विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेका युवाहरु बुद्धचोकबाट नारायणपथ, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका थिए ।
यसैगरी बुटवलमा पनि कोरोना रोकथामको लागि सरकार गम्भिर नभएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
बुटवलस्थित पुष्पलाल पार्कमा भेला भएका उनीहरुले कोरोना भाइरसको रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टिन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई आरडिटी परीक्षण गरेर घर पठाउने गरेको भन्दै विरोध गरेका हुन् ।
कोरोना नियन्त्रणमा खर्च भएको १० अर्ब हिसाव सार्वजनिक गर्नुपर्ने, पीसीआर परीक्षण गर्नु पर्ने लगायतका माग पनि उनीहरुले राखेका छन् ।








प्रतिक्रिया दिनुहोस्