Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


बसले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ८ घाइते


0
Shares

महोत्तरी, भदौ ४ । महोत्तरी जिल्लाको बर्दिबासमा सोमबार सवारी–साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट नारायणगढ जाँदै गरेको मे१ख २५३७ नम्बरको यात्रीबाहक बसले ज१ख ११२६ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पोचालक बर्दिबास नगरपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय होमबहादुर लोप्चनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइतेको बर्दिबासस्थित शुभ तथा जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।