Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


सरकार विरुद्ध युवाको प्रदर्शन काठमाडौंका भित्री शहरमा


0
Shares

काठमाडौं, जेठ २९ । काठमाडौंका भित्री शहरमा पनि सरकारी रबैया विरुद्ध प्रदर्शन भएको छ ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार अपरान्ह काठमाडौंको यगांल, ओमबहाल, नयाँ सडक क्षेत्रमा प्रदर्शन गरेको हो ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असफल भएको र महामारीको बेला पनि सरकारले निर्मम ब्यवहार देखाएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

विरोध र्याली नयाँसडकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता रोक्नुपर्ने, एमसीसी र सुकुम्बासी आयोग खारेज गर्नुपर्ने, लकडाउन अवधिलाई शून्य समय घोषणा गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनकारी नियन्त्रणमा गर्न दमकलसहित ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । तर प्रहरी भित्री शहरमा भने प्रवेश गर्न सकेन ।