Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


रुकुम घटनाका मृतकलाई शहीद घोषणा गर्न माग


0
Shares

काठमाडौं, जेठ २९ । राष्ट्रिय दलित पत्रकार संघ नेपालले रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ ।

एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै सङ्घले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही गर्न सुझाव दिएको छ ।

संघका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन टोलीमा अधिवक्ता बद्रीप्रसाद भुसाल तथा दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे र चिन्ता परियार थिए । रासस