१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अन्तर्राष्ट्रिय बौद्ध समाजद्धारा श्रीलंकालाई ३२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


533
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध समाज, लुम्बिनीको तर्फबाट श्रीलंकालाई स्वास्थ्य तथा चिकित्सा सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार आनन्दकुथि विहार, स्वयम्भूमा एक समारोहबीच समाजका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालका लागि श्रीलंका राजदूत हिमाली अरुणातिलकालाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

३२ लाख रुपैयाँ बराबरको ११ टन सामाग्री रहेको समाज जनाएको छ । चिकित्सा सामाग्री श्रीलंकाको बालांगोधा अस्पतालको सहयोगका लागि जाने छ ।

६ महिना पहिले पनि करिब ४० लाख बराबरको सहयोग सामाग्री समाजले श्रीलंकालाई दिएको थियो ।