२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मिस टीन नेपालको ट्यालेन्ट राउण्ड सकियो


585
Shares

काठमाडौं । सेञ्चुरी मिस टीन नेपाल २०२२ को मंगलबार ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

सेञ्चुरी मीस टीन नेपाल २०२२ को ट्यालेन्ट राउण्ड विबिध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको हो । प्रतियोगिहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । मिस टीन नेपाल, नेपालको दोस्रो ठूलो सौन्दर्य प्रतियोगिता हो ।काठमाडौं जेसीजको आयोजनामा भइरहेको प्रतियोगिताको ट्यालेन्ट राउण्डमा सहभागिहरुले नृत्य, गायन, अभिनय, कविता वाचन, चित्रकला लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । मिस टीनको उपाधिका लागि प्रतिक्षा डंगोल, परिका भण्डारी, सुस्मिता अधिकारी, खुसी श्रेष्ठ, स्नेहा पौडेल, आर्या पौडेल, अदिति श्रेष्ठ निशा सोनी साह,सुम्निमा पुरी, पूजा ओली, हर्षिता पन्त, कसक पौडेल, विसुका कोइराला, सुजिता पौडेल र विभूषा बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनाले यही असोज ९ गते हुँदैछ । प्रतियोगितामा मुख्य टाइटलसहित अन्य १२ विधाको अवार्डका लागि प्रतिस्पर्धा भइरहेको हो । १८ औं संस्करणको सेञ्चुरी मिस टीन प्रतियोगिताको कोरियोग्राफी मोडल तथा भिजे प्रियारानी लामाले गरिरहेकी छिन् । ट्यालेन्ट राउण्डमा निर्णायकका रुपमा अशोकप्यासी राई, आशा लामा, रितिका खरेल, सुशिलकुमार श्रेष्ठ, शैली बाँस्कोटा र डा.अमि प्रधान रहेका थिए ।