बझाङ, जेठ २७ । बझाङमा भारतबाट फर्किनेहरुको चाप बढेपछि कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिन खरिद गरिने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
हाल स्वाब परीक्षणका लागि सुदूरपश्चिम प्रादेशिक प्रयोगशालामा भर पर्नुपरेको छ ।
भारतबाट दैनिक ३०० को हाराहारीमा मानिसहरु बझाङ भित्रिने गरेका छन् । बझाङका ४० हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएको अनुमान छ ।
पीसीआर मेसिन खरिदका लागि नगरपालिकाहरुले १५ लाख र गाउँपालिकाहरुले १० लाख तथा जिल्ला समन्वय समितिले १५ लाख रुपैयाँ दिने भएका छन् ।








प्रतिक्रिया दिनुहोस्