बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २७ । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार धनगढी प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा कैलालीका सात, कञ्चनपुरका एक, डडेल्धुराका एक र दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, प्रदेश नम्बर–५ मा पनि अछामकी एक महिलामा मंगलबार नै कोरोना पुष्टि भएको थियो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्