Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सुदूरपश्चिममा तीनजना प्रहरीमा कोरोना


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २७ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सोमबार ३७ जनामा कोरोना पुष्टि भएको सूचना जारी गरेको थियो ।

त्यसमध्ये तीनजना प्रहरी रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनले संक्रमित तीनैजना प्रहरी कञ्चनपुरमा कार्यरत् रहेको बताए ।

दुई महिला र एक पुरुष गरी तीनजना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

भारतबाट आउने नेपालीहरुको समन्वय र क्वारेन्टिन सुरक्षार्थ खटिएकाहरुमा कोरोना पुष्टि भएको ‘डीआइजी’ सुवेदीले जानकारी दिए ।