बारा, जेठ २७ । बाराको पथलैयामा ट्रमा सेन्टर निर्माण गरिने भएको छ ।
प्रदेश नम्बर–२ सरकारले पथलैया बजारमा रहेको प्रयोगविहीन खाली स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर बनाउने निर्णय गरेको जनाइएको छ ।
राजमार्गमा हुने दुर्घटनामा सामान्य घाइतेलाई समयमै उपचार गर्न नसक्दा धेरैको मृत्यु हुने गरेकाले राष्ट्रिय राजमार्गसँगै जोडिएको तालिम केन्द्रलाई ट्रमा सेन्टरको रुपमा प्रयोगमा ल्याइने भएको हो ।





प्रतिक्रिया दिनुहोस्