Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सुविधा सम्पन्न सामुदायिक अस्पताल सञ्चालनको तयारी


403
Shares

सोलुखुम्बु। सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका ६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ ।

दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिहरुबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माणको काम थालिएको थियो ।

विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शैयाको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख रुपैयामा तयार गरेको हो ।

गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु नपर्ने थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले बताउनुभयो । अस्पतालबाट प्रसुती लगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने जनाइएको छ ।

मातृशिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश नंं. १ कै सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको अध्यक्ष राईको भनाई छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका राईले अस्पताल बन्दैन र बनेपनि व्यवस्थित सञ्चालन हुन सक्दैन भन्नेहरुलाई कामले जवाफ दिएको बताउनुभयो ।

सबैको सहभागितामा सामूदायिक अस्पताल बनाउने र ग्रामिण भेगका नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य पूरा भएको उहाँको भनाई छ ।