
काठमाडौं, जेठ २६ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७१ लाख १९ हजार नाघेकोे छ ।
कोरोनाकै कारण ४ लाख ६ हजार बढीले ज्यान गुमाउदा ३४ लाख ९० हजार बढीले कोरोनालाई जितेर घर फर्किएका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी अमेरिकामा २० लाख ८ हजार बढीमा संक्रमण र एकलाख १२ हजार बढीले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार बढी संक्रमित हुदा ३७ हजार ३ सय १२ को मृत्यु भएको छ ।
पछिल्लो समय मेक्सीकोमा संक्रमितको संख्या उच्च रुपमा बृद्धि भएको छ संक्रमितको संख्या ११ लाख बढी हुदा मृत्यु हुनेको संख्या १३ हजार ६ सय नाघेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् । यसै गरी फ्रान्समा १ लाख ५३ हजार बढी संक्रमित हुदा २९ हजार बढीको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८८ हजार संक्रमित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३४ हजार बढी संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ८६ हजार बढी संक्रमित भएका छन् भने ४० हजार ५ सय बढीको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा २ लाख ८८ हजार बढी संक्रमित हुदा ७ हजार बढीको मृत्यु भएको छ ।
पाकिस्तानमा १ लाख बढी संक्रमित हुदा २ हजार ६७ सय बढीको ज्यान गएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्