म्याग्दी । लकडाउनमा घर बाहिर निस्कन नमिल्ने भएपछि म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरु घरमै बसेर आफ्नो सीपको उपयोग गर्न थालेका छन् ।
उनीहरुले बाँस र निगालोबाट बन्ने कृषि काममा प्रयोग हुने नेपाली मौलिक सामग्री बुन्न थालेका छन् ।
बाँस र निगालोबाट बन्ने थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो, नाङ्लो, सोली, कोर्को, डोका, स्याखुलगायतका विभिन्न सामग्री बनाएर गुजारा गरीरहेका छन् ।
त्यसैगरी उनीहरुले यसैबाट थप आम्दानीसमेत गरी रहेका छन् । उनीहरुले बुनेका चोयाँका सामग्रीहरु फोहोर संकलनका लागि गाउँका टोलटोलमा निःशुल्क रुपमासमेत बाँडिएको छ ।




प्रतिक्रिया दिनुहोस्