१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सेना परिचालन गर्ने सरकारको निर्णय गलत : प्रकाशमान सिंह


0
Shares

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारी नियन्त्रणमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए ।

उनले गृहमन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारमिा काम गर्नुपर्ने पनि बताए ।

तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली सवासथ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए । 

सरकार राजनीतिक, आर्थिक र कुटनीतिक रुपमा असफल भइसकेको उनको भनाई थियो ।