Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको गाउँ सील गरिदैं


0
Shares

कैलाली । धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् ।

अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी धनगढी उप–महानगरपालिका–४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

मलामी गएका ४९ जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।

थापाका अनुसार धनगढी उप–महानगरपालिका–४ सहित घोडाघोडी नगरपालिका–३ का ८ जना र बर्दोगोरिया गाउँपालिका–२ का दुई जना गरी ४९ जना उनको मलामी गएको पाइएको छ ।

मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् ।

मृतकको बसोबास रहेको महिमा टोल सिल गर्ने विषयमा आवश्यक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।