२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सहकारी महासंघद्वारा कोषमा २७ लाख बढी रकम प्रदान


0
Shares

काठमाडौं, जेठ २३ । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानका तर्फबाट नेपाल सरकारको कोरोना उपचार कोषमा २७ लाख रुपैयाँ बढी रकम प्रदान गरेको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलले शुक्रबार उपप्रधान एवं रक्षामन्त्री तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड–१९ को महामारीविरुद्ध लड्नका लागि संघीय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी ५२ लाख बढी सहयोग उपलब्ध भएको महासंघले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिएका थिए ।