Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सुदूरपश्चिममा पाँच दिनका लागि स्वाब संकलन स्थगित


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २३ । सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि स्थगित गरिने भएको छ ।

स्वाब ‘स्टोरेज’ गर्न आवश्यक पर्ने ‘डिफ्रिज’ नहुँदा पाँच दिनका लागि स्वाब संकलनको काम नगर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको हो ।

सुदूरपश्चिममा रहेको एकमात्र प्रयोगशालामा शुक्रबारसम्म ११०० स्वाब संकलन गरिएको छ । दैनिक २५० जनाको ‘पीसीआर’ परीक्षण भइरहेको छ ।

प्रयोगशालामा तत्काल थप स्वाब राख्न नसकिने भन्दै पाँच दिनका लागि संकलनको काम रोक्न भनिएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

प्रयोगशालामा ११०० भन्दा बढी स्वाब राख्न सकिने अवस्था नभएकाले पाँच दिनसम्म संकलन गर्ने काम रोक्ने निर्णय भएको उनले बताए ।

डिफ्रिजको क्षमता नहुँदा स्वाब बिग्रने कारणले पाँच दिनका लागि संकलन रोकिएको निर्देशक डा. अवस्थीले बताए ।

भारतबाट आउनेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गएसँगै स्वाब संकलनको मात्रा पनि बढेको छ । तर, परीक्षण गर्ने यथेस्ट क्षमता नहुँदा समस्या भएको उनको भनाइ छ ।