२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


लकडाउन खुकुलो बनाउनेबारे कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई मन्त्रिपरिषदको निर्देशन


0
Shares

काठमाडौं, जेठ २२ । मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने भैनसकेको बताइएको छ ।

लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए । समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने जनाइएको छ ।

सरकारले पछिल्लो पटक लम्ब्याएको लकडाउनको अवधि आगामी जेठ ३२ गतेसम्म छ । शुरुमा एक साताका लागि भनेर चैत ११ मा घोषणा गरिएको बन्दाबन्दी त्यसयता लगातार कायम राख्दा सर्वसाधारणको जनजीवन कष्टकर हुन थालेको छ ।

यसले बन्दाबन्दीको स्वरुप्प परिवर्तन गर्न सरकारमाथि चौतर्फी दबाब बढेको छ । यसबारेमा प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग परामर्श पनि गरेका थिए ।