३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भारतीय चलचित्र निर्माता तथा निर्देशक बासु चटर्जीको निधन


0
Shares

काठमाडौं, जेठ २२ । भारतका प्रसिद्ध चलचित्र निर्माता, लेखक तथा निर्देशक बासु चटर्जीको ९३ बर्षको उमेरमा बिहीबार निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका उनको आफनै निवास मुम्बईमा निधन भएको हो । उनले सन् १९६९ मा सारा आकाश नामको चलचित्रबाट निर्देशकका रुपमा चलचित्र कर्मको औपचारिक सुरुवात गरेका थिए ।

पिया का घर, उस पार, रजनीगन्धा, छोटी सी बात, चितचोर जस्ता सय भन्दा बढी उत्कृष्ट चलचित्रको निर्देशन गरेका थिए ।

चटर्जीले सात पटक फिल्म फेयर अवार्ड तथा एक पटक राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका थिए ।

८० को दशकमा टेलिभिजनको प्रस्तोता समेत रहेका उनको निधन प्रति भारतीय चलचित्रकर्मीहरुले दुख व्यक्त गरेका छन् । उनको आजै मुम्बइर्ममा दाहसंस्कार गरिएको छ । (एजेन्सी)