बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २२ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप पाँचजनामा कोरोना पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको छ ।
बिहीबार धनगढी, फूलबारीकी २५ वर्षीया महिला र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम, साँफेबगरका २९ वर्षीय पुरुष र बझाङ, विथ्थडचिरका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।
सुदूरपश्चिमका ८६ जना संक्रमितमध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् । बझाङका एकजना र बाजुराका एकजना संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ ।
एकजना संक्रमितको यसअघि नै मृत्यु भइसकेको छ । सातजना ‘डिस्चार्ज’ भइसकेका छन् ।
सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीका ३८ जना, अछामका १४, कञ्चनपुरका १०, डोटीका १०, बैतडीका छ, बाजुराका तीन, बझाङका दुई, डडेल्धुरा र दार्चुलाका एक/एकजनामा कोरोना पुष्टि भएको छ ।








प्रतिक्रिया दिनुहोस्