बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २१ । सुदूरपश्चिम प्रदेशमा बुधबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये एक महिला र दुई पुरुष रहेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका–४ का ४५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा पूर्वीचौकी गाउँपालिका–७ का २२ वर्षीय पुरुषमा थप कोरोना पुष्टि भएको जनाइएको छ ।
यसअघि, बुधबार नै कैलाली र डोटीका पाँचजनामा संक्रमण देखिएको थियो ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८१ पुगेको छ ।
प्रदेशमा मंगलबारसम्म ७३ जना संक्रमित रहेकामा बुधबार थप ८ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार थप ८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
८१ जना संक्रमितमध्ये एकजनाको यसअघि नै मृत्यु भइसकेको छ । सातजना ‘डिस्चार्ज’ भइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्