Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु


806
Shares

काठमाडौं । पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ३ घर भइ तानसेन नगरपालिका–१ गैरागाउँ बस्दै आएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे। तानसेन नगरपालिका–४ मा घर निर्माणका क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको तानसेन मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हाे ।

त्यस्तै गुल्मीमा पनि मंगलबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४२ वर्षीय मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आफ्नै घरको छतमा करेन्ट लागेर दुई तला माथिबाट राना खसेका थिए ।

उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Skip This