२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अन्तर्राष्ट्रिय भर्चुअल गेम्समा नेपाललाई ४ स्वर्ण, सहभागी सबै खेलाडीले पदक जिते


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् ।

कोरोना भाइरसको महामारीको बेला विश्व मार्सल आर्ट्स कमिटी (डब्लु.एम.एसी) ले आयोजना गरेको अनलाइन प्रतियोगितामा नेपालले ४ स्वर्णसहित २ रजत र १ कास्य गरी ७ पदक जितेको हो ।

प्रतियोगितामा नेपालका कमल मगर र सञ्जयराज पुटुवारले दोहोरो पदक जितेका थिए ।

पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारे ।

पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे ।

महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् ।

महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।

प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो ।

प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् ।

खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेटसम्मको भिडियो आयोजकलाई पठाउनुपर्ने थियो ।

श्रब्यदृष्य डब्लुएमएसीमा पठाउनु पर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो ।