२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


जर्मन बुण्डेस लिगा- आरबी लेइप्जिग विजयी, एफसी कोल्न ४–२ ले पराजित


0
Shares

एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा आरबी लेइप्जिगले एफसी कोल्नलाई पराजित गरेको छ । शीर्ष दुईको होडमा रहेको लेइप्जिगले कोल्नमाथि ४–२ को जित निकालेको हो ।

आरबीले अवे मैदानमा भएको खेलमा कोल्नलाई पराजित गर्न पहिलो हाफमा दुई गोल गरेर एक गोल र दोस्रो हाफमा पनि दुई गोल गरेर एक गोल खाएको हो ।

लेइप्जिगका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो र्वनर र ओल्मोले एक एक गोल गरे । कोल्नका तर्फबाट कोर्डोबा र मोडेस्टले एक एक गोल गरेका थिए ।

जितपछि तेस्रो स्थानमा पुगेको लेइप्जिगको २९ खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्डको ६० अंक छ ।