२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कोरोना रोकथामका लागि ‘एडीबी’को ३० अर्ब ऋण सहयोग


0
Shares

काठमाडौं, जेठ १९ । कोरोना रोकथामका लागि एसियाली विकास बैंक (एडीबी)ले ३० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ ।

उक्त ऋण सम्झौतापत्रमा सोमबार अर्थसचिव शिशिर ढुंगाना र एसियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा हस्ताक्षर गरे ।

एडीबीले उपलब्ध गराएको रकमले कोरोना नियन्त्रणका लागि सहयोग पुग्ने मन्त्रालयका सचिव शिशिर ढुंगानाले बताए ।

ऋण सहयोगले जनस्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने सचिव ढुंगानाको भनाइ छ ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले महामारीको समयमा नेपालको योजनामा एडीबीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले उपलब्ध गराएको ऋण जनस्वास्थ्य, ‘क्वारेन्टाइन’ बनाउन तथा प्रयोगशाला बनाउनमा खर्चिने अर्थ मन्त्रालयले जनाएको छ ।