
कञ्चनपुर, जेठ १९ । भारतका विभिन्न सहरहरुबाट स्वदेश भित्रिएका नेपालीहरुलाई महेन्द्रनगरका व्यवसायीहरुले निःशुल्क खानाको व्यवस्था गरेका छन् ।
स्थानीय प्रशासनले भारतमा अलपत्र परेका नेपालीलाई भित्र्याउन सुरु गरेसँगै महेन्द्रनगरका युवा व्यवसायीले उनीहरुका लागि निःशुल्क खाना र पानीको व्यवस्था गरेका हुन् ।
उनीहरुले पश्चिमी सीमानाका गड्डाचौकीबाट भित्रिने नेपालीसँगै विभिन्न ‘क्वारेन्टाइन’मा रहेका व्यक्तिहरुलाई खाना र पानीको व्यवस्था गरेका छन् ।
‘लकडाउन’का कारण भारतबाट भित्रिने नेपालीहरु हप्तौंदेखि भोकभोकै रहेको भन्ने सुनिएकाले लकडाउनका कारण कुनैपनि व्यक्ति भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर निःशुल्क खाना तथा पानीको व्यवस्थापनमा जुटेको स्थानीय व्यवसायी हेमराज भट्टले बताए ।
हालसम्म १५ हजार बढीलाई निःशुल्क खाना तथा पानीको व्यवस्थापन गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्