Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रदेश–२ मा कोरोना संक्रमितको संख्या ५५४


0
Shares

जनकपुरधाम, जेठ १७ । कोरोना संक्रमितको संख्या प्रदेश नम्बर–२ मा ५५४ पुगेको छ ।

प्रदेश नम्बर–२ मा शनिबार एकैदिन ५७ जना संक्रमित थपिएका छन् ।

शनिबार आएको ‘पीसीआर’ रिपोर्टअनुसार सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, रौतहटमा छ, महोत्तरीमा चार, सर्लाहीमा १७, बारामा एक र पर्सामा दुईजनामा संक्रमण देखिएको हो ।

प्रदेशका विभिन्न अस्पतालमध्ये सप्तरीमा २४, सिरहामा १४, धनुषाको प्रादेशिक अस्पतालमा २९, महोत्तरीको जलेश्वरमा १९, सर्लाहीको मलंगवामा २३, रौतहटको चन्द्रनिगाहपुरमा सात, गौरमा २९, फरहदवामा २५, देवाही गोनाहीमा १४, गरुडामा ६६, बाराको कलैयामा ५० र पर्साको गण्डक अस्पतालमा १० जनाको ‘आइसोलेसन’मा राखी उपचार भइरहेको छ ।

सिरहामा सात, महोत्तरीमा सात र बारामा दुईजना शंकास्पदको आइसोलेसनमा राखी उपचार भइरहेको छ । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

उपचारपश्चात् २ नम्बर प्रदेशबाट ९८ जना निको भइ घर फर्किइसकेका छन् ।