Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनी विस्तार


377
Shares

काठमाडौं ।  मुक्तिनाथ कृषि कम्पनीले कृषि क्षेत्रमा विशिष्टिकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ वटा सहायक कम्पनी खडा गरेको छ ।

मुक्तिनाथ विकास बैंकको प्रखुख लगानीमा स्थापना भएको कृषि कम्पनीले सहायक कम्पनी विस्तार गरेको हो । कम्पनीले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर आज एकैपटक मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाईजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाईभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ टे«डिङ लिमिटेड गरी ८ वटा सहायक कम्पनीको औपचारिक उद्घाटन गरेको हो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो हिस्सा रहँदै आएको कृषि क्षेत्रको विकासका लागि वित्तीय र गैरवित्तीय सेवा प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले बैंकको प्रमुख लगानीमा कृषि कम्पनी स्थापना गरिएको बैंकले जनाएको छ ।