काठमाडौं, जेठ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् ।
१३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले बजेटमार्फत् देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए ।
मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको पनि बताए ।
सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले यसको सरसफाइ र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने उनले बताए ।
सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एकमात्रै आकर्षक गन्तव्यका रुपमा रहने उनको विश्वास थियो ।
सन् १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सफल आरोहण गरेको दिन पारेर सन् २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्