२ असार २०८२, सोमबार | Tue Jun 17 2025


१५ वर्षपछि खुल्यो पशुपतिको पूर्वी मूलढोका


16.055k
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी मूलढोका १५ बर्षपछि खोलिने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिकाको अवसरमा दर्शन गर्न आउने भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वीढोका बन्द रहेको थियो । यसैगरी यो वर्ष कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईएको पनि कोषले जानकारी दिएको छ ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको जनाइएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको कोषको भनाई छ । मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गर्ने कोषको तयारी छ । कैलाश दक्षिणबाट रुद्रगाडेश्वर, पञ्चदेवलबाट चार शिवालयसम्म डोरी तानेर व्यवस्थित गरिएको छ ।