काठमाडौं, जेठ १५ । कोरोना संक्रमणबाट बच्न अतुल्य फाउन्डेसनले कृषकहरुका लागि ‘फेस मास्क’ वितरण गरेको छ ।
कृषकहरुले खेतबारीमा काम गर्नेक्रममा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै फाउन्डेसनले उनीहरुको सुरक्षाका लागि फेस मास्क वितरण गरेको हो ।
खेतबारीमा काम गर्ने किसानलाई कोरोनाको संक्रमणबाट बच्न प्रभावकारी हुनसक्ने भन्दै फेस मास्क वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।
गणतन्त्र दिवसको उपलक्ष्यमा खाद्य सुरक्षामा योगदान गर्ने कृषक र कृषि ज्ञान केन्द्रका फिल्डमा खटिने कर्मचारीका लागि फेस मास्क सहयोग गरेको फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले बताए ।
उक्त सामग्री बिहीबार एक कार्यक्रमकाबीच कृषि ज्ञान केन्द्रका प्रमुख निर्मल गदाललाई हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनले यसअघि पनि दुई महिनादेखि जारी ‘लकडाउन’ले दैनिक गुजारा गर्न नसकेका अपांगता भएका व्यक्तिहरुलाई खाद्यान्नका साथै स्वास्थ्य सुरक्षा सामग्री सहयोग गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्