Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राष्ट्रपतिबाट २४१ जनाको कैद सजायँ र दण्ड जरिवाना मिनाहा


0
Shares

काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजायँ मिनाहा गरेको छ ।

यस्तै आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ पनि माफी गरिएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीको बाँकी कैद सजायँ माफी मिनाहा गरिएको हो ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।