
काठमाडौं, जेठ १५ । संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।
बुधबार राति ट्वीट गर्दै देउवाले नयाँ नक्शाबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको पनि बताएका छन् ।
उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् ।
ट्वीट गर्दै देउवाले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हुन् ।’
नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु l
हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् l अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ l यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !
— Sher Bahadur Deuba (@DeubaSherbdr) May 27, 2020
प्रतिक्रिया दिनुहोस्