 
	    धनकुटा । धनकुटाका २ सय ८४ वटा सामुदायीक विद्यालयमा गरिएको प्रारम्भीक पहिचानका क्रममा २ सय ९५ जना बालबालिका हेराई, सुनाई, शारिरिक तथा मनोसामाजिक समस्यामा रहेको पाइएको छ ।
समावेशी शिक्षा कार्यक्रमले सामुदायीक विद्यालयमा गरेको अध्यायनले ३४ जनामा हेराई समस्या, सुनाई समस्या भएका ३२ जना शारिरीक समस्या भएका ६४ जना र मनोसामाजिक समस्या भएका १ सय ६५ जना बालबालिका रहेको जनाइएको छ ।
सबैका लागि पढाई परियोजनाले कक्षा शिक्षकको सहयोगमा धनकुटाका सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा ३ सम्मका ७ हजार ८ सय १२ जना बालबालिकाको प्रारम्भीक पहिचान गरेको हो ।
यस्तो समस्यामा रहेका बालबालिकालाई कक्षा कार्यमा अतिरिक्त सहयोग आवश्यक पर्ने बताइएको छ । धनकुटामा अहिले ९० जना बालबालिका मात्रै सरकारले उपलब्ध गराएको विशेष कक्षा कार्यक्रममा सहभागी छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्