Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ


1.3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।

बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रकालागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गर्नुभयो ।

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेल्नुभएका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधा माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गर्नुभएको थियो । चेम्जोङले अलमुताइरीले आपूmलाई टोली भन्दा बाहिर राख्दा भन्दा प्रशिक्षकले नै टोली बिगार्दा दुःख लागेको बताउनुभयो ।

आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता प्रदीप हुमागाईले जनाउनु भएको छ । जस अनुसार अहिले टोली प्रशिक्षणमा रहेको छ । फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताउनुभयो ।

पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागार्इंले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । अभ्यासमा सहभागी १० खेलाडी मध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताउनुभयो । प्रशिक्षक प्रदीप हुमागाईले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन् ।