गुल्मी । गुल्मी जिल्लामा स्थानीय जनप्रतिनिधिलाई कोरोना संक्रमणको पुष्टि भएपनि कन्ट्रयाक्ट ट्रेसिङमा समस्या आएको छ ।
हिजो सार्वजनिक गरीएको रिपोर्टमा एक जना सहित जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको थियो ।
हजारौं व्यक्तिहरूको सम्पर्कमा रहेका जनप्रतिनिधि नै संक्रमित भएपछि गाउँमा त्रास बढेको छ ।
अर्का संक्रमित भने भारतबाट केहि समय अघि गाउँ आएका थिए । योसँगै जिल्लामा संक्रमित संख्या चार पुगेको छ ।
यो भन्दा अघि कोरोना पहिचान भएका मदाने गाउँपालिकाका एक शिक्षक को मृत्यु भएको छ भने सोहि गाउँपालिकाका बैंक कर्मचारीलाई आइसोलेसनमा राखिएको छ ।
संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।





प्रतिक्रिया दिनुहोस्