डडेल्धुरा, जेठ १२ । डडेल्धुराको ‘क्वारेन्टाइन’मा क्षमताभन्दा बढी व्यक्तिहरु हुँदा व्यवस्थापन चुनौतीपूर्ण भएको छ ।
सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा करिब ५० जनाको क्षमता रहेपनि सोमबारसम्म ७६ जना क्वारेन्टाइनमा राखिइसकेकाले उनीहरुको खाना र बस्ने व्यवस्था मिलाउन स्थानीय तहलाई हम्मे–हम्मे भएको हो ।
‘लकडाउन’का कारण भारतमा मजदुरी गर्न गएकाहरु आँकलनभन्दा बढी भित्रिएकाले समस्या भएको बताइएको छ ।
सदरमुकामका विद्यालय तथा क्याम्पसहरुलाई क्वारेन्टाइन बनाइएको छ भने सबै स्थानका क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्ति रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्