Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बूढानीलकण्ठमा कोरोना संक्रमितको संख्या दुई


0
Shares

बूढानीलकण्ठ, जेठ १२ । बूढानीलकण्ठ नगरपालिकामा थप एकजनामा कोरोना पुष्टि भएको छ ।

बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए ।

कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको ‘आइसोलेसन’मा राखिएको बताइएको छ ।

यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुईजना पुगेका छन् ।

यसअघि, सर्लाहीको रामनगर स्थायी घर भइ हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङचोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि तेञ्जिङचोक क्षेत्र तीन दिन ‘सिल’ गरी युवतीको सम्पर्कमा आएका आठजनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट नेगेटिभ’ आएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगन्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका–७ स्थित छहारी भवनको ‘क्वारेन्टाइन’मा राखेको थियो ।

ती पुरुषको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । रासस