Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पाँचथरमा रासायनिक मलको अभाव


0
Shares

पाँचथर । पाँचथरमा रासायनिक मलको अभाव भएको छ । कृषकहरुलाई धान, मकै, गहुँलगायतका बालीमा लगाउनुपर्ने रासायनिक मलको अभाव भएको हो ।

अहिले रासायनिक मल आपूर्ति गर्ने अधिकार स्थानीय तहलाई नै दिइएको हुँदा पालिकाहरुले नै व्यवस्था गर्ने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले जानकारी दिए ।

पहिल्यै रासायनिक मल आपूर्ति व्यवस्थापन समिति हुने गरेको र समितिले डिलर लिन चाहने स्थानीय सहकारीलाई डिलरसीप प्रदान गरेको उनले बताए ।

सहकारीले कृषि विकास कार्यालयबाट अनुमति लिइ रासायनिक मल लिएर जिल्लामा वितरण गर्ने गर्दथ्यो ।

तर अहिले एउटा सहकारीले मल ल्याएर सबै पालिकालाई वितरण गर्न असम्भव भएका कारणले पनि मलको अभाव भएको हुन सक्ने ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।