सर्लाही । भारतको विहार राज्यको मधुवनीस्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुले घर फर्कन माग गरेका छन् ।
रोजगारीका लागि भारत गएका सर्लाहीको गोडैता नगरपालिका–२ घर भएका उनीहरु कोरोना भाइरसका कारण सुविधाविहीन भारतीय क्वारेन्टाइनको एउटै कोठामा कोचिएर बस्नु परेको गुनासो गरेका हुन् ।
नयाँ तथा पुराना सबै मानिसहरुलाई एउटै ठाउँमा राखेपछि कोरोना सक्रमण बढन सक्ने भन्दै तत्काल स्वदेश फर्कन व्यवस्था मिलाउन सरकारकासँग माग गरेका हुन् ।
लकडाउनका कारण दुई महिनादेखि बसेर खाँदा आफूसँग भएको सबै पैसा सकिएको र पेटभरी खाना खान नपाएको उनीहरुले गुनासो गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्