 
	    ओखलढुङ्गा । ओखलढुंगाको लेकाली क्षेत्रमा परम्परागत प्रविधिबाट उत्पादन गरिएको आलुले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् ।
आलु पूर्णरुपमा अर्गानिक भएपनि अन्य आलुसरह बेच्नुपर्ने किसानको बाध्यता रहेकाे छ । झारपातका चपरीलाई डढाएर उत्पादन गरिने बुङ आलु साउन र भदौ महिनामा बजारमा आउने गर्छ । यस वर्ष जिल्लामा ६५ रुपैयाँमा आलु किनबेच भइरहेको छ ।
अन्य आलुको मूल्य पनि ५० रुपैयाँ प्रतिकेजी भन्दा माथि रहेकाे छ । खानका लागि स्वास्थ्य बर्द्धक र स्वादिलो भएपनि बुङ् जातको आलुले सोचे जस्तो मूल्य नपाएको सिद्धिचरण नगरपालिका-६ ठाडेका किसान जयबहादुर श्रेष्ठ बताउनुभयाे ।
समुन्द्री सतह भन्दा २ हजार ४ सय मिटरमाथि रहेको ठाडे, टोड्के, जन्तरखानी, पात्ले, भुसिंगा र रावादोलु लगायतका ठाउँ बुङ जातका आलु उत्पादन हुने क्षेत्र हुन् । यहाँका ७ सय भन्दा बढी घरधुरीले मुख्य बालीकाे रुपमा बुङ आलु लगाउने गर्छन् ।
बुङ आलु बीउकाे लागि तराई क्षेत्र र भारतमा समेत निर्यात हुने गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्