Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कन्चटमा गोली लागेको अवस्थामा प्रहरी बिट स्वयम्भूमा कार्यरत असई कार्की मृत भेटिए


0
Shares

काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् ।

आइतबार बिहान सुतेकै ठाउँमा कार्की मृत भेटिएको प्रहरीले जनाएको छ ।

असई कार्कीको कन्चटमा गोली लागेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्की बिहान अबेरसम्म नउठेपछि उनका सहकर्मीले झ्यालबाट हेर्दा टाउकोमा रगत आएको अवस्था पल्टिरहेको देखेका थिए।

त्यसपछि ढोकाको चुकुल फोडेर प्रहरी भित्र प्रवेश गरेको थियो।