Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


बर्दिया कांग्रेसले जनताका पक्षमा काम गर्न नदिएको भन्दै रावलले छोडे कांग्रेस


14k
Shares

काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिनुभएको छ ।
रावलले बिहिबार बिज्ञप्ति जारी गर्दै कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले राजीनामा दिएको रावलले जनाउनु भएको छ । उहाँले बिहिबारको मितिदेखि बर्दिया क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस केन्द्रीय खेलकुद तथा युवा बिभागको सदस्यबाट राजीनामा दिएको बताउनुभएको छ ।

रावलले बीबीबी अर्थात बेटर एण्ड बिगर बर्दिया अभियान सञ्चालन गर्नुभएको थियो । बिकसित, ब्यवस्थित बर्दिया बनाउने अभियानमा सहयोग नपाएको, जनताको समस्या लिएर मन्त्रालय धाँउदा कांग्रेसकै मन्त्रीहरुले वेवास्ता गरेको, बर्दियाका कांग्रेस नेताहरुले पनि असहयोग गरेको जस्ता कारणले आँफू पार्टी छोड्न बाध्य भएको रावलको भनाई छ । त्यसैगरी बन्यजन्तु र मानव बिचको अन्तरद्धन्द्ध कम गर्नका लागि प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएको जस्ता कारण पार्टी त्याग्न बाध्य भएको रावलले बताउनुभयो ।

बर्दियाकै कतिपय कांग्रेस नेताहरुले आँफू पछि परिन्छ भन्ने सोचेर पनि बालुवाटार देखि सिंहदरवार सम्म निषेध गर्न खोजेकोले बाध्य भएर पार्टीबाट अलग हुनुपरेको रावलको दाबी छ । नेता रावल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलका छोरा हुनुहन्छ ।