काठमाडौं, जेठ १० । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको चपेटामा नेपाल पनि परेको छ ।
देशका सातओटै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ भने प्रदेश नम्बर–५ मा कोराना संक्रमितको संख्या तीव्रगतिमा बढिरहेको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या सबैभन्दा बढी ५ नम्बर प्रदेशमा रहेको छ ।
१२ ओटा जिल्ला रहेको प्रदेश नम्बर–५ मा पनि बाँकेमा कोरोना संक्रमित बढी देखिएका छन् भने कोरोनाकै कारण त्यहाँ दुईजनाको मृत्यु भइसकेको छ ।
सो जिल्लामा संक्रमित हुनेहरुमा अधिकांश भारतबाट आएकाहरु रहेका छन् । त्यहाँ संक्रमितको संख्या २७८ पुगेको छ ।
त्यसैगरी, ओटा जिल्ला रहेको प्रदेश नम्बर–२ मा १७२ बढी संक्रमित रहेका छन् ।
तेस्रो संक्रमित हुने प्रदेशमा प्रदेश नम्बर–१ हो । १४ ओटा जिल्ला रहेको प्रदेश नम्बर–१ मा ८६ जना संक्रमित छन् ।
यसैगरी, १३ ओटा जिल्ला रहेको वाग्मती प्रदेशमा ३२, नौओटा जिल्ला रहेको सुदूरपश्चिममा १४, ११ जिल्ला रहेको गण्डकी प्रदेशमा पाँच र नौओटा जिल्ला रहेको कर्णाली प्रदेशमा चारजना संक्रमित रहेका छन् ।
संक्रमित जिल्ला ४० पुगेको छ ।
वाग्मती प्रदेशमा कोरोनाबाट एक महिलाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्