Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग


91
Shares

काठमाडौं । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन्

बुधबार वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उनको कार्यकक्षमा नै भेटेर सिमेन्ट उद्योगीहरूले वन नियमावालीमा भएको प्रावधानले सिमेन्ट उद्योगहरूसंकटमा परेकोले संशोधनको माग राखेका हुन् ।

सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधान संशोधन नहुँदा नेपाली सिमेन्टको मूल्यवृद्धि हुने र अन्य मुलुकमा निर्यात गर्न सकिने बताउँदै ती प्रावधानहरूलाई संशोधन गरेर नेपालको सिमेन्ट उद्योगलाई संकटबाट बाहिर निकाल्न आग्रह गरे ।

उद्योगीहरूले उठाएको मागप्रति आफू गम्भीर भएको बताउँदै मन्त्री यादवले जायज मागलाई नियमावली संशोधन गरेर भए पनि सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।