गुल्मी, धादिङ, जेठ १० । गुल्मीमा भारतबाट आएर गाउँ भित्रिनेहरुको संख्या बढ्न थालेपछि स्थानीय तहलाई व्यवस्थापनको चुनौती थपिएको छ भने स्थानीयहरु त्रसित बन्न थालेका छन् ।
शनिबारमात्रै नौओटा स्थानीय तहमा १२३ जना भित्रिएको तथ्यांक छ । सुनौली नाकामा अलपत्र परेका उनीहरुलाई उद्धार गरेर ल्याइएको हो ।
उद्धार गरेर ल्याइएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो समय भारतबाट गाउँ आएका अधिकांशको कुनै परीक्षण गरिएको छैन । सिधै भारतबाट गाउँ फर्केपछि स्थानीयहरु त्रसित बनेका हुन् ।
६६ जना धादिङबेसीमा
भारतीय सिमानामा अलपत्र परेका धादिङ र नुवाकोटका ६६ जना धादिङबेसी आइपुगेका छन् ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकाहरु त्यहाँ रोजगारी गुमेपछि घर फर्किएका हुन् ।
सुनौली नाकासम्म आफ्नै खर्चमा आएका उनीहरुलाई त्यहाँबाट स्थानीय तहहरुले बसको व्यवस्था गरेर ल्याएका हुन् ।








प्रतिक्रिया दिनुहोस्